इजरायलमा मारिएका नेपाली विद्यार्थी बिपिन जोशीको शव आज काठमाडौं आइपुग्दै

२०८२ कार्तिक ३, सोमबार १२:१४

काठमाडौं;

बिज्ञापन

इजरायलमा हामासद्वारा अपहरण गरी मारिएका नेपाली विद्यार्थी बिपिन जोशीको शव आज (सोमबार) काठमाडौं आइपुग्दैछ।

बिज्ञापन

सन् २०२३ को अक्टोबर ७ मा इजरायलको कृषि प्रशिक्षण कार्यक्रममा सहभागी हुँदा हामास समूहले आक्रमण गरेको क्रममा जोशी बेपत्ता भएका थिए। करिब दुई वर्षपछि, उनको मृत्यु पुष्टि भएपछि इजरायल सरकारले उनको शव नेपाललाई हस्तान्तरण गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो शव ल्याइने कार्यक्रम तय भएको छ। सरकारले जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न विशेष तयारी गरेको छ। प्रधानमन्त्री सुशीला कार्की, परराष्ट्रमन्त्री, र उनका परिवारका सदस्यहरू विमानस्थलमै उपस्थित हुने जनाइएको छ।

बिज्ञापन

शवलाई विमानस्थलमा औपचारिक सम्मानका साथ स्वागत गरी आजै धनगढी पठाइने तयारी छ। त्यहाँ अन्त्येष्टि कार्यक्रम हुने बताइएको छ।

जोशीको निधनले नेपाली विद्यार्थी तथा श्रमिक विदेशमा पर्ने जोखिमको विषय पुनः चर्चामा आएको छ। सरकारले अबदेखि विदेशमा पठाइने विद्यार्थी र कामदारहरूको सुरक्षामा कडाइ गर्ने संकेत गरेको छ।

२०८२ कार्तिक ३, सोमबार १२:१४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना