थानकोटमा तिहारको रौनक, बजारमा चहलपहल

२०८२ कार्तिक २, आईतवार १९:५४

काठमाडौं । तिहार नजिकिँदै जाँदा काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वार थानकोटमा पनि तिहारको रौनक बढ्दै गएको छ।

बिज्ञापन

बजारमा किनमेल गर्ने भीड बढेसँगै फूलमाला, दियो, बत्ती, मिठाई र उपहारका पसलहरूमा ग्राहकको घुइँचो लाग्न थालेको छ। व्यापारीहरूका अनुसार देउसी–भैलोका लागि लुगाफाटा, माइक सेट र रंगीन बत्तीको बिक्री गत वर्षको तुलनामा यस वर्ष निकै बढेको छ।

बिज्ञापन

घरघरमा सरसफाइ र सजावटको तयारी तिब्र भइरहेका छन्। टोल–टोलमा युवाहरूले देउसी–भैलोको अभ्यास सुरु गरिसकेका छन् भने बजार वरपर झिलिमिली बत्ती र फूलमालाले वातावरण झनै उत्सवमय बनेको छ।

स्थानीय व्यवसायीहरू भन्छन्, “यस वर्ष तिहारको कारोबारमा राम्रो वृद्धि हुने अपेक्षा गरेका छौं।”

बिज्ञापन

तिहारको नजिकिँदो माहोलसँगै थानकोट अहिले राति झिलिमिली बत्ती र चहलपहलले उज्यालो र रमाइलो देखिन थालेको छ।

Oplus_131074

२०८२ कार्तिक २, आईतवार १९:५४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना