काठमाडौं ।
पाँचदिनसम्म चल्ने दीपावली पर्व तिहार को अवसरमा राजधानी काठमाडौं उपत्यका रंगीन बत्ती र उज्यालोले झिलिमिली देखिएको छ। रातको समयमा जहाजबाट हेर्दा सहरभर चम्किएका बत्तीहरूले काठमाडौं उपत्यकालाई आकाशबाटै मनमोहक दृश्यमा बदलिदिएका छन्।
बिज्ञापन
घर–घरमा बलेका दियो, रंगीन झिलिमिली बत्ती र रंगोलीले उपत्यकाको हरेक कुनामा उत्सवको चमक देखिन्छ। आकाशबाट हेर्दा उपत्यका एक विशाल झिलिमिली नक्साजस्तै देखिने गर्छ।
बिज्ञापन
तिहारलाई ‘रोज र उज्यालोको पर्व’ पनि भनिन्छ। यस पर्वमा काग तिहार, कुकुर तिहार, गाई तिहार र भाइटीका गरी पाँच दिन विभिन्न देवी–देवतासहित सम्बन्ध, प्रेम र ममताको प्रतीकका रूपमा मनाइन्छ।
यो वर्ष पनि काठमाडौं उपत्यकाका घर, सडक, होटल र सरकारी भवनहरू झिलिमिली बत्तीले सजिएका छन्। तिहारको उज्यालो र उत्सवमय वातावरणले देशभर खुशी र आशाको सन्देश फैलाएको छ।
बिज्ञापन
फोटो पत्रकार = शुरेस चन्द



प्रतिक्रिया दिनुहोस्