काठमाडौं ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ५, ६ र ७ मा रहेको हाइभिजन समाजले यस वर्षको तिहार पर्वको अवसरमा भव्य देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा स्थानीय बासिन्दा, युवाहरू र समाजका सदस्यहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। परम्परागत भैलो गीत, नृत्य र रंगीन पोशाकसहितको प्रदर्शनले वातावरण झनै रमाइलो बनेको थियो।
बिज्ञापन
समाजका अध्यक्षका अनुसार, देउसी–भैलो कार्यक्रमले समुदायबीचको आपसी सद्भाव, सांस्कृतिक एकता र सामूहिक पहिचानलाई मजबुत बनाउने उद्देश्य लिएको हो।
बिज्ञापन
कार्यक्रमबाट संकलित रकम स्थानीय समाज विद्यालयका विद्यार्थीहरूका लागि शैक्षिक सामग्री तथा समाजसेवामूलक कार्यमा खर्च गरिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्