मकवानपुर, मनहरी–९ का युवा क्रिकेट खेलाडी अभिषेक अधिकारीले जापानमा नेपाली क्रिकेटको नाम उज्यालो बनाइरहेका छन्। सानै उमेरदेखि क्रिकेटप्रति गहिरो लगाव राख्दै आएका अभिषेक मिडियम बलरका रूपमा स्थानीय स्तरमै उत्कृष्ट खेलाडीका रूपमा चिनिँदै आएका थिए।
बिज्ञापन
१२ कक्षा सकेपछि उच्च शिक्षाको लागि विद्यार्थी भिसामा जापान पुगेका अभिषेकले विदेशको व्यस्त जीवनबीच पनि आफ्नो खेलप्रतिको जोश मर्न दिएनन्। पढाइ र कामसँगै समय निकाल्दै उनी निरन्तर अभ्यासमा जुटिरहे र हाल जापानस्थित रोयल ओसाका क्लबबाट खेल्दै आएका छन्।
बिज्ञापन
हालै सम्पन्न एक स्थानीय प्रतियोगितामा उनले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै आफ्नो टोलीलाई विजय दिलाएका छन्। अभिषेकको तीव्र र सटीक बलिङले विपक्षी टोलीलाई दबाबमा राखेको थियो, जसका कारण क्लबले सहजै जीत हासिल गर्न सफल भयो।
उनको प्रदर्शनले जापानमा रहेका नेपाली समुदाय र क्रिकेटप्रेमीहरूमा गर्वको अनुभूति गराएको छ। विदेशमा रहँदै पनि आफ्नो देशको नाम र खेललाई सम्मानपूर्वक अगाडि बढाइरहेका अभिषेक अधिकारी युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन्।



प्रतिक्रिया दिनुहोस्