काठमाडौंको माइतिघरमा जेनेजी पक्राउ : धर्ना सुरु हुन नपाउँदै प्रहरीले एक्सन

२०८२ कार्तिक ८, शनिबार १२:११

काठमाडौं, असोज ८ ।
काठमाडौंको माइतिघर मण्डलामा जेनेजी समूहका प्रदर्शनकारीहरू धर्ना सुरु गर्न नपाउँदै प्रहरीले नियन्त्रणमा लिएको छ।

बिज्ञापन

विभिन्न मागसहित शान्तिपूर्ण धर्नाको तयारीमा रहेका प्रदर्शनकारीहरूलाई प्रहरीले बिहानै धरपकड गरेको हो। घटनास्थलमा प्रहरीहरु परिचालन गरिएको थियो।

बिज्ञापन

प्रहरीका अनुसार माइतिघर मण्डलामा अनुमति बिना सभा–प्रदर्शन गर्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो। तर, प्रदर्शनकारीहरूले भने आफूहरू शान्तिपूर्ण रूपमा आफ्ना माग सार्वजनिक गर्न आएको दाबी गरेका छन्।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई काठमाडौं परिसरमा लगिएको बताइएको छ।

बिज्ञापन

यद्यपि जेनेजी समूहले पछिल्ला दिनमा सरकारका विभिन्न नीतिहरूविरुद्ध असन्तुष्टि जनाउँदै निरन्तर आन्दोलन गरिरहेको थियो ।

२०८२ कार्तिक ८, शनिबार १२:११ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

लाहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ लागूऔषध कारोबारी पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने

नागढुङ्गा सुरुङ मार्ग सञ्चालनअघि सुरक्षा, उद्धार तयारी र स्थानीय समस्यामा ध्यान दिन सांसद प्रदीप बिष्टको आग्रह

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना