काठमाडौं, असोज ८ ।
काठमाडौंको माइतिघर मण्डलामा जेनेजी समूहका प्रदर्शनकारीहरू धर्ना सुरु गर्न नपाउँदै प्रहरीले नियन्त्रणमा लिएको छ।
बिज्ञापन
विभिन्न मागसहित शान्तिपूर्ण धर्नाको तयारीमा रहेका प्रदर्शनकारीहरूलाई प्रहरीले बिहानै धरपकड गरेको हो। घटनास्थलमा प्रहरीहरु परिचालन गरिएको थियो।
बिज्ञापन
प्रहरीका अनुसार माइतिघर मण्डलामा अनुमति बिना सभा–प्रदर्शन गर्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो। तर, प्रदर्शनकारीहरूले भने आफूहरू शान्तिपूर्ण रूपमा आफ्ना माग सार्वजनिक गर्न आएको दाबी गरेका छन्।
नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई काठमाडौं परिसरमा लगिएको बताइएको छ।
बिज्ञापन
यद्यपि जेनेजी समूहले पछिल्ला दिनमा सरकारका विभिन्न नीतिहरूविरुद्ध असन्तुष्टि जनाउँदै निरन्तर आन्दोलन गरिरहेको थियो ।



प्रतिक्रिया दिनुहोस्