नुवाकोटको बेलकोटगढी–४ मा स्थानीय युवाहरूको व्यङ्ग्यात्मक विरोध : “सडक कि सिँचाइ नहर ?”

२०८२ कार्तिक ८, शनिबार १३:१३

नुवाकोट ।

बिज्ञापन

नुवाकोट। बेलकोटगढी नगरपालिका–४ का स्थानीय युवाहरूले सडकको दयनीय अवस्थाको विरोध गर्दै व्यङ्ग्यात्मक शैलीमा सामाजिक सञ्जाल मार्फत बिरोध गरेका छन्।

बिज्ञापन

सडकमा ठूला–ठूला खाल्टाखुल्टी पानी भरिएकाले गाडी गुड्न नसक्ने अवस्थामा पुगेपछि उनीहरूले सडकलाई “नर (सिँचाइ नहर)” बनाइएको भन्दै विरोध गरेका हुन्। युवाहरूले सडकमा पानीका खाल्टाखुल्टी खन्दै व्यङ्ग्य गर्दै भने, “अब यो बाटो खेतबारीमा पानी लगाउनकै लागि प्रयोग गर्नुपर्ने रहेछ।”गाडी नगुड्ने भयो के त उनिहरु कुराकानी गरेको दृश्य देख्न सकिन्छ । यस दृश्य पञ्चासे सुवेदी गाउँको रहेको छ।

उनीहरूले नगरप्रमुख जगतबहादुर लामा र वडा अध्यक्ष चन्द्रबहादुर लामा (जनम) लाई समेत लक्षित गर्दै सडक मर्मतमा बेवास्ता गरेको आरोप लगाएका छन्।

बिज्ञापन

स्थानीयहरूको भनाइअनुसार, पटक–पटक मर्मतका लागि आग्रह गरे पनि सम्बन्धित निकायले कुनै ध्यान नदिएको गुनासो गरे। साथै हाम्रो पनि चाहना यहि हो । सम्बन्धित निकायको ध्यानाकर्षण होस्

२०८२ कार्तिक ८, शनिबार १३:१३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना