खगेन्द्र सुनार श्रममन्त्री बन्ने, दलित समुदायमा खुशीको माहोल

२०८२ कार्तिक ९, आईतवार ११:५८

काठमाडौं ।
दलित समुदायको अधिकारका लागि लामो समयदेखि आवाज उठाउँदै आएका खगेन्द्र सुनार सुशील कार्की नेतृत्वको टिमबाट श्रममन्त्री बन्ने भएका छन्।

बिज्ञापन

सुनारले विगत दुई दशकदेखि दलित समुदायका समस्या, रोजगारको अभाव, र सामाजिक विभेदका विषयमा निरन्तर अभियान चलाउँदै आएका छन्। उनी विभिन्न सामाजिक संस्था र नागरिक अभियन्ता सञ्जालसँग आबद्ध रहँदै आएका छन्।

बिज्ञापन

स्रोतका अनुसार सुशील कार्की टिमको मन्त्रिपरिषद् विस्तारमा सुनारलाई श्रम मन्त्रालयको जिम्मेवारी दिने तयारी अन्तिम चरणमा पुगेको छ।

दलित अधिकार र श्रमिक हितका विषयमा उनको सक्रियता हेर्दा धेरैले यसलाई “दलित आवाजलाई सरकारी तहमा पुर्‍याउने ऐतिहासिक अवसर” को रूपमा लिएका छन्।

बिज्ञापन
२०८२ कार्तिक ९, आईतवार ११:५८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना