चन्द्रागिरीमा क्रिश्चियन मण्डली एकता खेलकुद विभागद्वारा फुटसल प्रतियोगिता

२०८२ कार्तिक १०, सोमबार १२:५५

काठमाडौं, चन्द्रागिरी ।
काठमाडौं चन्द्रागिरी पश्चिम क्षेत्रका क्रिश्चियन मण्डली एकता खेलकुद विभागद्वारा आयोजित फुटसल प्रतियोगिता आज बिहान ८ बजे बाट औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिता दहचोक बसपार्क नजिकै रहेको लियोन फुटसल ग्राउण्डमा सुरु गरिएको हो।

बिज्ञापन

कार्यक्रमको सुरुवात राष्ट्रिय गान र नृत्य प्रस्तुतिसँगै गरिएको थियो, जसले सम्पूर्ण सहभागीहरूमा उत्साह र आनन्द थपेको थियो। त्यसपछि खेलाडीहरूलाई खेल भावना र एकताको सन्देश दिँदै आयोजक समितिले खेलको औपचारिक सुरुवात गरेको हो।

बिज्ञापन

उद्घाटन कार्यक्रममा विभिन्न मण्डलीका पास्टर, अगुवा, सदस्यहरू र स्थानीय युवाहरूको बाक्लो उपस्थिती रहेको थियो। खेल सुरु हुनु अघि आयोजक समितिले सहभागी खेलाडीहरूलाई निष्पक्ष र सौहार्दपूर्ण खेल खेल्न सुझाव दिँदै शुभकामना व्यक्त गरेको थियो।

आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य मण्डलीबीच आपसी सम्बन्ध सुदृढ पार्ने, युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने र एकताको सन्देश फैलाउन रहेको आयोजक प्रमुख रबि भुजेलले बताए ।
तस्वीरहरु =

बिज्ञापन

oplus_0

oplus_0

oplus_0

oplus_0

oplus_8388610

oplus_8388610

oplus_0

oplus_0

oplus_8388610

२०८२ कार्तिक १०, सोमबार १२:५५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना