काठमाडौं — किष्ट शिक्षण अस्पतालमा उपचारको क्रममा मीना राईको मृत्यु भएको विषयलाई लिएर आज पनि मृतकका आफन्त तथा स्थानीयहरूले तीव्र प्रदर्शन गरेका छन्। उनीहरूले अस्पताल प्रशासनमाथि लापरबाहीको आरोप लगाउँदै अस्पताल परिसरमा तोडफोड गरेका हुन्।
बिज्ञापन
आक्रोशित भीडले अस्पताल बन्द गर्नुपर्ने र मृतक मीना राईलाई न्याय दिलाउनुपर्ने माग राख्दै अस्पताल परिसरमा प्रवेश गरी ढुंगामुढा समेत गरेको प्रहरीले जनाएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको भए पनि भिड नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो।
बिज्ञापन
प्रहरीका अनुसार घटनास्थलमा थप बल प्रयोग नगरी स्थिति शान्त पार्ने प्रयास जारी छ। यता, अस्पताल प्रशासनले भने उपचारका क्रममा कुनै लापरबाही नभएको दाबी गर्दै शान्तिपूर्ण संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्