नुवाकोट, बेलकोटगढी — राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति मनोहर पन्ताले बेलकोटगढी नगरपालिका भित्र भइरहेको विभिन्न अनियमितता, घोटाला र तस्करी विरुद्ध ‘खतरा अभियान’ सुरु गरेका छन्।
बिज्ञापन
सभापति पन्ताले स्थानीय तहमा देखिएका भ्रष्टाचारका जरा उखेल्ने गरी अभियान अघि बढाएको बताउँदै भने, “म पनि बाटो बिराउन सक्छु,मलाई पनि सचेत गर्नुहोस् । तर जानीजानी भ्रष्टाचार गर्ने मेरो ठुला मान्छे छ भन्ने लाई कानुनी कठघरामा उभ्याउने मेरो अभियान हो।”
बिज्ञापन
उनका अनुसार यो अभियान कुनै राजनीतिक प्रतिशोध नभई प्रणाली सुधार र पारदर्शी शासन स्थापनाका लागि गरिएको प्रयास हो। उनले थपे, “मलाई को ठूलो, को सानो भन्नेमा कुनै सरोकार छैन। कानुन सबैका लागि समान हो। व्यथितिको विरुद्ध म सधैं उभिन्छु, जसरी पनि भ्रष्टाचारको विरुद्ध आवाज उठाउँछु।”
पन्ताले स्थानीय निकायभित्र भएका गैरकानुनी गतिविधि, काठ चोरी तस्करीदेखि आर्थिक अनियमिततासम्मका विषयमा छानबिन अघि बढाउने तयारी गरेको जनाएका छन्। उनका अनुसार, जनसहभागिता र कानुनी संयन्त्रको सहकार्यमा अभियानलाई मजबुत रूपमा अघि बढाइने बताए।
बिज्ञापन
स्थानीय बासिन्दाहरूले पन्ताको यो पहललाई स्वागत गर्दै निष्पक्ष र प्रमाण–आधारित कारबाहीको अपेक्षा गरेका छन्। उनका अनुसार, लामो समयदेखि चल्दै आएका अनियमितताहरूको अन्त्यमा यो अभियान टर्निङ पोइन्ट सावित हुन सक्ने सम्भावना रहेको बताए।
‘खतरा अभियान’ अन्तर्गत अब नगरपालिका भित्रका विभिन्न योजना, बजेट र प्रशासनिक निर्णयहरूमा निगरानी र तथ्य अनुसन्धान गर्ने तयारी गरिएको पन्ताले जानकारी दिएका छन्।
बेलकोटगढीमा सुरु भएको यो अभियानले स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको नयाँ अभ्यासको सुरुवात हुने उनले भने।



प्रतिक्रिया दिनुहोस्