‘जेनजी आन्दोलन’लाई अपराधीकरण गर्ने प्रयास : नयाँ शक्ति र पुरानो सोचबीच टकराव

२०८२ कार्तिक १०, सोमबार २१:१५

काठमाडौं । हाल देशभर फैलिएको ‘जेनजी आन्दोलन’लाई लिएर राजनीतिक वृत्त र सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ। एक समूहले आन्दोलनमा सहभागी युवाहरूमाथि योजनाबद्ध रूपमा अपराधीकरण गर्ने अभियान सञ्चालन गरेको आरोप छ।

बिज्ञापन

यद्यपि,कलाकार,अभियन्ता र विद्यार्थीहरुले सरकारको दमनको विरोधमा सडकमा उत्रिएको २४ गतेको आन्दोलनपछि, आन्दोलनकारीलाई अपराधी ठहर्याउने प्रयास तीव्र बनेको छ। विश्लेषकहरूका अनुसार, आन्दोलनको मुख्य उद्देश्य २३ गते सरकारद्वारा मारिएका २२ जना युवाको न्याय माग्ने थियोे, तर त्यस घटनाले आर्कै मिडलियो तेस विषयमा बोल्न नसक्ने केही समूहहरू अहिले उल्टै आन्दोलनमा संलग्न युवामाथि दोषारोप गर्दै छन्।

बिज्ञापन

युवाहरूको भनाइमा, “२४ गते सरकारविरुद्ध उठेका हामी सबैलाई विध्वंशकारी भनेर चित्रण गर्नु गम्भीर षड्यन्त्र हो। देशको विगत ३६ वर्षको असफलता र व्यवस्थागत संकटको जिम्मेवारी नयाँ पुस्तामाथि थोपर्न खोज्नु पुरानो सोचको पराकाष्ठा हो।”

उनीहरूले प्रश्न उठाएका छन् — के २४ गते आन्दोलनमा सहभागी भएकै कारण कुनै व्यक्ति अपराधी ठहर्ने? के त्यो दिनअघि नेपाल सुन्दर, समृद्ध, ‘सुइजरल्यान्ड’ जस्तो देश थियो र त्यसपछि मात्र सबथोक बिग्रियो?

बिज्ञापन

सामाजिक सञ्जालमा पनि यही प्रश्न गुञ्जिएको छ — देशको विफलतामा युवा होइन, वर्षौँदेखि सत्ता र स्रोतमा अडिएका नेतृत्व जिम्मेवार छन्। आन्दोलनकारीहरूको भनाइमा, युवाहरू परिवर्तनका लागि सडकमा छन्, तर पुरानो संरचनाले उनीहरूलाई बदनाम गर्न खोज्दैछ।

विश्लेषकहरूको निष्कर्षमा, जेनजी आन्दोलन अहिले केवल राजनीतिक मात्र होइन, सामाजिक चेतनाको रूप लिँदै गएको छ — जहाँ पुरानो मानसिकता र नयाँ पुस्ताको सोचबीच संघर्ष खुलेर देखिन थालेको छ।

२०८२ कार्तिक १०, सोमबार २१:१५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना