मुक्तिनाथसहित उपल्लो मुस्ताङमा वर्षासँगै हिमपात

२०८२ कार्तिक ११, मंगलवार ०९:०४

मुस्ताङ । जिल्लाको उच्च हिमाली क्षेत्रसहित मुक्तिनाथ क्षेत्रमा वर्षासँगै हिमपात भएको छ। मंगलबार रातिदेखि निरन्तर परेको वर्षा र हिउँका कारण उपल्लो मुस्ताङको जनजीवन प्रभावित बनेको छ।

बिज्ञापन

हिमपातका कारण जोमसोम, मुक्तिनाथ, कागबेनी, छोरोसार, छोन्गुरलगायत क्षेत्र सेताम्मे बनेका छन्। स्थानीयहरूका अनुसार बिहानैदेखि बाक्लो हिउँ परेपछि दैनिक गतिविधि ठप्पजस्तै बनेको छ। यात्रुहरू पनि जोमसोम–मुक्तिनाथ खण्डमा अलपत्र परेका छन्।

बिज्ञापन

यस्तै, जिल्लाको प्रशासन कार्यालय मुस्ताङका अनुसार मौसम खराब भएपछि सुरक्षा निकायहरू सतर्क अवस्थामा छन्। स्थानीय प्रशासनले हिमपातको कारण ठण्डी बढेकाले अत्यावश्यक बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ।

बिज्ञापन
२०८२ कार्तिक ११, मंगलवार ०९:०४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना