काठमाडौँ । स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी सांसद आरजु राणा देउवा सिंगापुर एयरपोर्टमा व्हिलचेयरमा बाहिर निस्किएको दृश्य सार्वजनिक भएको छ।
बिज्ञापन
देउवा दम्पती नेपालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिंगापुरतर्फ सकुशल हिँडेका थिए। सिंगापुर पुगेपछि उनीहरूलाई विमानस्थलको आगमन कक्षबाट व्हिलचेयरमा बाहिर ल्याइएको देखिएको हो।
बिज्ञापन
स्रोतका अनुसार देउवा सिंगापुरमा स्वास्थ्य परीक्षण र उपचारका लागि पुगेका हुन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्