काठमाडौं । तिहारको अवसरमा एक हृदयस्पर्शी दृश्य देखिएको छ । आफ्नै प्रहरी बिटमा कार्यरत प्रहरी दिदिले आफ्ना सहकर्मी भाइहरूलाई टीका लगाउँदै भाइटीका पर्व मनाएकी छिन् ।
बिज्ञापन
कर्तव्य निर्वाहका क्रममा परिवारदेखि टाढा रहेका प्रहरीहरूलाई यो अवसरमा आफ्नै सहकर्मी दिदिबाट टीका पाउने मौका मिल्दा वातावरण निकै भावनात्मक बनेको थियो । भाइटीकाको रंगीन माहोलसँगै सबैले एकअर्काप्रति माया, सम्मान र आत्मीयताको भाव व्यक्त गरे ।
बिज्ञापन
दिदीले शुभकामना दिंदै भनिन्, “हामी सबै एउटै परिवार हौं । यो टीका केवल संस्कार होइन, एकताको प्रतीक हो ।”
यसरी सुरक्षाकर्मीहरूबीचको आत्मीयता र सहकार्यले समाजमा सकारात्मक सन्देश फैलाएको छ ।



प्रतिक्रिया दिनुहोस्