‘एकतर्फी न्याय स्वीकार्य छैन’: जेनजी आन्दोलनमा अभियन्ता र विद्यार्थीहरूको सरकारप्रति प्रश्न

२०८२ कार्तिक ११, मंगलवार २१:१३

काठमाडौं। जेनजी आन्दोलनको २३ र २४ गतेका घटनामा संलग्न रहेका भन्दै प्रहरीले हाल विद्यार्थी र युवाहरूलाई खोजी गरी पक्राउ गर्न थालेको छ। आन्दोलनका क्रममा सरकारी संरचना जलाउने र प्रहरीमाथि आक्रमण गरेको अभियोगमा देशका विभिन्न स्थानबाट युवाहरू पक्राउ गर्न लागेका छन्।

बिज्ञापन

तर यही विषयमा बुद्धिजीवी, सामाजिक अभियन्ता र विद्यार्थी संगठनहरूले गम्भीर प्रश्न उठाएका छन्। उनीहरू भन्छन्। आन्दोलनमा संलग्न जनतामाथि मात्र कारबाही गरेर न्याय स्थापित हुँदैन, त्यस दिनका घटनामा निर्दोष विद्यार्थी, बालक र युवाको ज्यान जाने अवस्था सिर्जना गर्ने प्रहरी प्रशासन र राजनीतिक नेतृत्वमाथि समेत अनुसन्धान हुनुपर्छ। उनले भने,

बिज्ञापन

उनका अनुसार २३ र २४ गतेको आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको थियो, जसका कारण दर्जनौँ विद्यार्थी र बालकको मृत्यु र घाइते भएका थिए। तर, आन्दोलन उग्र बनाउने र बल प्रयोगको आदेश दिने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सम्बन्धित जिल्ला प्रशासन प्रमुख (सिडियो) लाई अहिलेसम्म अनुसन्धानको दायरामा नल्याएको भन्दै असन्तोष व्यक्त गरिएको छ।
सामाजिक अभियन्ता र विद्यार्थीहरुले भनेका छन्, “न्याय एउटामाथि मात्र होइन, सबैमाथि बराबरी लागू हुनुपर्छ। जनता मार्ने प्रहरी र आदेश दिने राजनीतिक नेतृत्व सुरक्षित रहँदा आन्दोलनकारीलाई मात्र अपराधी ठहर्याउनु न्यायको अपमान हो।”निकोलस भुसालले भने

उनीहरूले सरकारलाई घटनाको निष्पक्ष छानबिन गरी सबै तहका जिम्मेवार व्यक्तिलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्। साथै, आन्दोलनका क्रममा मारिएका विद्यार्थी र बालकहरूलाई “राज्यको जिम्मेवारीअन्तर्गत न्याय र सम्मान” दिन पनि माग गरिएको छ।

बिज्ञापन
२०८२ कार्तिक ११, मंगलवार २१:१३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना