सोलुखुम्बु । सोलुको लुक्लाबाट बिहीबार बिहान ७:४३ बजे लोबुचेतर्फ उडेको अल्टिट्युड एयरको 9N-AMS नम्बरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।
बिज्ञापन
दुर्घटनामा हेलिकप्टरका पाइलट क्याप्टेन विवेक खड्का सकुशल रहेको बताइएको छ। हेलिकप्टरमा अन्य कुनै यात्रु नरहेका कारण मानवीय क्षति हुन पाएन।
बिज्ञापन
प्रारम्भिक जानकारी अनुसार, मौसमीय कारण र प्राविधिक समस्या बीचको कारणले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
हाल प्रहरी र स्थानीय टोली घटनास्थलतर्फ पुगेका छन् भने थप विवरण संकलन भइरहेको छ।
स्रोत = सोलुबाट (दया लामा)



प्रतिक्रिया दिनुहोस्