फोहर व्यवस्थापन विवाद चर्कियो, बञ्चरेडाँडाका स्थानीय र सरकारबीच काठमाडौंमा छलफल

२०८२ कार्तिक १५, शनिबार १७:४२

समष्टि न्यूज / काठमाडौं ।

बिज्ञापन

राजधानी काठमाडौंको फोहर व्यवस्थापनका विषयमा उत्पन्न विवाद झन् चर्किँदै गएको छ। नुवाकोटको बञ्चरेडाँडाका स्थानीयवासी र सरकारबीच शनिबार काठमाडौंमा भएको छलफल निष्कर्षबिनै सकिएको छ।

बिज्ञापन

स्थानीयवासीहरूले फोहरले उनीहरूको स्वास्थ्य, वातावरण र जीवनस्तरमा गम्भीर असर पारेको भन्दै तत्काल समाधानको माग गरेका छन्। उनीहरूको भनाइमा, “फोहर र मानव सँगसँगै बस्न सकिँदैन, कि फोहर मात्रै होस्, कि मानव।”

फोहरले ठूलो भूभाग ओगटेको भन्दै उनीहरूले त्यसको क्षतिपूर्ति स्वरूप उचित मुआब्जा दिन माग गरेका छन्। साथै, फोहरबाट निस्किने ‘लिचड’ (फोहर रस) कोल्पुखोलामा मिसिएर बस्ती र खेतीमा असर पारिरहेको भन्दै त्यसलाई तत्काल रोक्न आग्रह गरेका छन्।

बिज्ञापन

एक स्थानीयले भने, “लिचड नियन्त्रण नभएसम्म हामी फोहर ल्याउन दिन्नौं। आवश्यक परे पनि हामी मर्न तयार छौं तर अब फोहर सहँदैनौं।”

सरकारका प्रतिनिधिहरूले भने स्थानीयको माग सम्बोधनका लागि सम्भावित विकल्पमा छलफल भइरहेको बताएका छन्। वार्ता निष्कर्षमा पुग्न अर्को चरणको बैठक तय गरिने जनाइएको छ।

पत्रकार गङ्गालाल रिमाल – समष्टि न्यूज

२०८२ कार्तिक १५, शनिबार १७:४२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना