एमाले फर्किन वातावरण बने खनाल तयार, पार्टी एकीकरणमा जोड

२०८२ कार्तिक १५, शनिबार १६:५५

काठमाडौँ, शनिबार — नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले एमालेमा फर्किन वातावरण बने आफूलाई कुनै आपत्ति नहुने बताएका छन्।

बिज्ञापन

शनिबार काठमाडौंमा आफ्ना निकट नेताहरूको भेलामा सहभागी हुँदै उनले पार्टीलाई पुनर्गठन र एकीकरण गरेर सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए। खनालले भने, “पार्टी अहिले टुक्रिएको अवस्थामा छ, यसलाई पुनः सिंगो बनाउन आवश्यक छ।”

बिज्ञापन

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इङ्गित गर्दै भने, “घर फर्क भनेर मात्रै हुँदैन, ढोका राम्रोसँग खोल्नुपर्छ र बस्ने ठाउँ पनि राम्रो बनाउनुपर्छ।”

खनालले कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पुर्‍याउनका लागि आफूहरू छलफलमा जुटेको बताउँदै त्यसका लागि सबै पक्षबीच सहकार्य र संवाद आवश्यक रहेको धारणा व्यक्त गरे।

बिज्ञापन
२०८२ कार्तिक १५, शनिबार १६:५५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना