काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा प्रसूतिको पिसाब थैली काटियो, शिशुको मृत्यु

२०८२ कार्तिक १४, शुक्रबार २०:१२

काठमाडौँ । सल्यान बाघचौर नगरपालिका–४ की सीता ओलीको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा चिकित्सकीय लापरबाही भएको भन्दै परिवारले आपत्ति जनाएका छन्।

बिज्ञापन

सीता ओलीले हालै उक्त अस्पतालमा शिशु जन्माउने क्रममा अप्रेसन (सिजेरियन) गराएकी थिइन्। परिवारका अनुसार अप्रेसनको क्रममा उनको पिसाब थैली काटिएको र नवजात शिशुलाई आईसीयूमा राखिएको थियो। केही समयपछि शिशुलाई मृत घोषणा गरिएको थियो।

बिज्ञापन

सीताका श्रीमान् दीपक ओलीका अनुसार उक्त उपचारका क्रममा करिब १५ लाख रुपैयाँ खर्च भएको बताए । पेशाले सामान्य गाडी चालक रहेका ओलीले आफूहरू आर्थिक रूपमा कमजोर रहेको र उपचारका गर्न अब आफूसँग पैसा नभएको बताएका छन्।

पीडित पक्षका अनुसार उक्त घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को र्‍यापिड एक्सन टिमलाई जानकारी दिइएपछि टिमका केन्द्रीय संयोजक साजन शर्मा लगायत र्यापिड एक्सन टिमका सदस्यहरू उपस्थित थिए। तत्कालै अस्पतालमा पुगेर पीडित परिवार र अस्पताल प्रशासनबीच छलफल भएको थियो।

बिज्ञापन

छलफलपछि अस्पतालका विभागीय उप प्रमुख डा. जोत्स्ना शर्माले पीडितको पारिवारिक स्थिति लाई हेरेर सीता ओलीलाई ‘आमा सुरक्षा सेवा’ अन्तर्गत अस्पतालले दिँदै आएको सहुलियत सेवा दिँदै आएको र अझ पनि बिमारी निको नहुन्जेलसम्म निरन्तर उपचार गर्ने र आगामी उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने सहमति भएको रास्वपाको उद्धार टोली पत्रकार गङ्गालाल रिमालले बताए । र्यापिड एक्सन टिमले अप्ठ्यारोमा परेकाहरूलाई सहजीकरण गर्दै आइरहेको छ।

दीपक ओलीले भने, “हामीसँग अब पैसा छैन, के गर्ने भन्ने अवस्था थियो। अस्पतालले अब उपचारका सबै खर्च बेहोर्ने वाचा गरेको छ हामी आभारी छौँ।।” उनले भने

२०८२ कार्तिक १४, शुक्रबार २०:१२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना