अविरल वर्षाको प्रभाव : काठमाडौँसहित देशका विभिन्न भागमा वर्षा, जनजीवन प्रभावित

२०८२ कार्तिक १४, शुक्रबार ०७:३३

काठमाडौँ, कात्तिक १४ ।
हिजोदेखि निरन्तर परिरहेको अविरल वर्षाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ।

बिज्ञापन

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको अरब सागर क्षेत्रमा विकसित चक्रवात ‘मन्था’ (Cyclone Montha) को असर नेपालमा पनि देखिन थालेको हो। सोहि कारण देशका अधिकांश भागमा वर्षा भइरहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात समेत भएको छ।

बिज्ञापन

उपत्यकामा भने बिहानदेखि निरन्तर बदली रही समय–समयमा वर्षा भइरहेको छ। आज दिउँसो करिब १० बजेदेखि वर्षा सुरु हुने र बेलुकीसम्म क्रमशः हल्का वर्षा र बदली रहने महाशाखाले जनाएको छ। अहिले उपत्यकाको औसत तापक्रम करिब १७ डिग्री सेल्सियस रहेको छ।

वर्षाका कारण सडकमा पानी जम्ने, साना खोल्साखोलामा पानीको बहाव बढ्ने र यातायात अवरोध हुने घटना बढेका छन्। साथै, कृषि क्षेत्रमा समेत असर परेको छ — धान कटनी गर्ने र कटनी गरिसकेकालाइ समेत यस् वर्षाले किसानहरूलाई थप चिन्ता बढाएको छ।

बिज्ञापन

महाशाखाले चुरे र पहाडी क्षेत्रका नदी किनार र कमजोर भू–भागमा बसोबास गर्नेहरूलाई सतर्क रहन आग्रह गरेको छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र ट्रेकिङ गतिविधि फिलहाल स्थगित गर्न सिफारिस गरिएको छ।

२०८२ कार्तिक १४, शुक्रबार ०७:३३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना