प्रधानमन्त्रीद्वारा बोलाइएको संयुक्त बैठकमा समावेश नगरिँदा मुस्लिम जेनजी नेपालको असन्तुष्टि

२०८२ कार्तिक १३, बिहीबार १३:३७

काठमाडौं । प्रधानमन्त्रीद्वारा बोलाइएको संयुक्त बैठकमा समावेश नगरिएको भन्दै मुस्लिम जेनजी नेपालले असन्तुष्टि जनाएको छ। संगठनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूलाई छलफलमा सहभागी नगरिनु पक्षपातपूर्ण र आन्दोलनको मर्मविपरीत भएको जनाएको हो।

बिज्ञापन

विज्ञप्तिमा भनिएको छ,“जेनजी आन्दोलनको मतादेशअनुसार मुलुकले सर्वमान्य नयाँ सरकार पाएको छ, तर पछिल्ला दिनमा जेन–जी शीर्षकमा भइरहेको राष्ट्रिय तहको छलफल र परामर्श प्रक्रियामा मुस्लिम समुदाय, विशेषगरी मुस्लिम जेन–जी नेपाललाई बेवास्ता गरिएको देखिन्छ, जुन आन्दोलनको भावनाविपरीत छ।”

बिज्ञापन

संगठनका अनुसार जेन–जी आन्दोलन सबै वर्ग, धर्म र समुदायको साझा संघर्ष भएकाले कुनै पनि समूहलाई छलफल वा निर्णय प्रक्रियाबाट अलग राख्नु आन्दोलनको मूल मर्मविपरीत हो।

मुस्लिम जेनजी नेपालले प्रधानमन्त्री र सम्बन्धित पक्षलाई तत्काल समावेशी संवाद र समान प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेको छ।

बिज्ञापन

संगठनले चेतावनी दिँदै भनेको छ “आन्दोलनमा सहभागीहरूलाई बेवास्ता गर्नु यसको अवमूल्यन गर्नु सरह हो। सरकारले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्छ।”

२०८२ कार्तिक १३, बिहीबार १३:३७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना