रवि लामिछाने र छविलाल जोशीविरुद्धको सहकारी ठगी मुद्दाको सुनुवाइ आज बुटवलमा

२०८२ कार्तिक १३, बिहीबार १२:३३

काठमाडौं ।
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीविरुद्ध दायर सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको सुनुवाइ आज उच्च अदालत दाङ, बुटवल इजलासमा हुँदैछ।

बिज्ञापन

उक्त मुद्दाको सुनुवाइ न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासमा हुने भएको छ। यसअघि अदालतले दुवै प्रतिवादीको मुद्दा एउटै प्रकृतिको ठहर गर्दै संयुक्त रूपमा सुनुवाइ गर्न आदेश दिएको थियो।

बिज्ञापन

लामिछानेले बिगोअनुसार रकम बुझाइसकेकाले थुनामुक्त अवस्थामा रहेर मुद्दा लड्न पाउने माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन्। जिल्ला अदालत रूपन्देहीले उनको निवेदन अस्वीकार गरेपछि उनले उच्च अदालतमा पुनरावेदन गरेका हुन्।

उक्त मुद्दा हाल व्यापक चासोको विषय बनेको छ, किनभने यसले सहकारी क्षेत्र र सार्वजनिक पदमा रहेका व्यक्तिहरूको आचरणबारे प्रश्न उठाएको छ।

बिज्ञापन
२०८२ कार्तिक १३, बिहीबार १२:३३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना