रास्वपामा पार्टी प्रवेशको लहर : विभिन्न दलका नेता र ट्रेड युनियन महासंघको टोलीसमेत सामेल

२०८२ कार्तिक १९, बुधबार २१:१०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सिंहदरबारमा बयान लिइरहेको समयमा पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा भने पार्टी प्रवेशको लहर देखिएको छ।

बिज्ञापन

बिहीबार दिनभर रास्वपाको बनस्थलीस्थित कार्यालयमा विभिन्न राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ता र ट्रेड युनियन महासंघका प्रतिनिधिहरू समूहगत रूपमा पार्टीमा प्रवेश गरेका छन्।

बिज्ञापन

रास्वपामा प्रवेश गर्नेहरूको भनाइमा, “देशमा पारदर्शी र उत्तरदायी राजनीतिक नेतृत्वको आवश्यकता भएकाले हामी रास्वपाको नीतिप्रति आकर्षित भएका हौं।”

कार्यक्रममा उपस्थित नेताहरूले अहिलेको प्रवेशको क्रम आगामी निर्वाचनसम्म निरन्तर रहने विश्वास व्यक्त गरे। एक नेताले भने, “यदि यही गति कायम रह्यो भने आगामी चुनावसम्म देशमा ठुलो राजनीतिक परिवर्तनको संकेत देखिन्छ।”

बिज्ञापन

पार्टीका अनुसार, देशका विभिन्न प्रदेश र स्थानीय तहमा समेत प्रवेश कार्यक्रमको तयारी भइरहेको छ। साथै पार्टी प्रवेशको कार्यक्रम उपसभापति डिपि अर्यालले गरेका थिए भने ब्याज लगाएर सम्मान गरेका छन्।

तस्वीरहरु=

oplus_0
oplus_0
oplus_8388610
oplus_8388610
oplus_8388610

२०८२ कार्तिक १९, बुधबार २१:१० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना