रास्वपामा नयाँ प्रवेशको लर्को, सामाजिक अभियन्ता तथा सबल युवा व्यवसायी अजय श्रेष्ठ नेतृत्वको टिम बाजागाजासहित पार्टी प्रवेश

२०८२ मंसिर २५, बिहीबार १८:५२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आज ठूलो संख्यामा युवाहरू प्रवेश गरेका छन्। काठमाडौँको केन्द्रिय पार्टी कार्यालय वनस्थलीमा आयोजित पार्टी प्रवेश कार्यक्रम सामाजिक अभियन्ता, व्यवसायी तथा विभिन्न पेशाका व्यक्तिहरूको सहभागितासहित पार्टी प्रवेश सम्पन्न भएको हो।



कार्यक्रममा सामाजिक अभियन्ता तथा सबल युवा व्यवसायी अजय श्रेष्ठ नेतृत्वको समूह बाजा–गाजासहित उपस्थित हुँदै रास्वपामा औपचारिक रूपमा प्रवेश गरेको थियो।वातावरण उत्साहपूर्ण र युवा केन्द्रीत देखिन्थ्यो।

बिज्ञापन

पार्टीका उपसभापति डीपी अर्यालले नव–प्रवेशीहरूलाई पार्टीको ब्याज लगाएर स्वागत गरेका थिए साथै अर्यालले भने रास्वपा युवाको रोजाइको पार्टी बन्दै गएको बताएका थिए। उनले नयाँ ऊर्जा र उत्साह पार्टीका लागि महत्वपूर्ण रहेको उल्लेख गरे।

बिज्ञापन

प्रवेशपछि अजय श्रेष्ठले भावनात्मक अभिव्यक्ति दिँदै भने,
“हामी कसैले उपसाएर वा पठाएर रास्वपामा आएका होइनौं। देशलाई सही दिशामा लैजान युवाहरू एकजुट हुनुपर्ने आवश्यकता महसुस भएकैले हामी यहाँ आएका हौँ। कांग्रेस–एमालेले राजनीतिक प्रतिशोध साधेर सभापति रवि लामिछानेमाथि अनेक प्रपञ्च रचेर जेल पठाउने काम गर्यो। अब हामी चुप बस्न सक्दैनौँ। राज्यले न्याय दिन नसके युवाले न्याय दिन सक्छन् भन्ने भावनाले हामी अघि बढेका हौँ।”यहाँ लाखौ रबिहरु को जन्म भइसकेका छन्।उनले थपे।

उनले आगामी चुनावमा युवाहरूले रास्वपालाई मजबुत साथ दिने विश्वास समेत व्यक्त गरे।
कार्यक्रममा सामाजिक अभियन्ता, युवा व्यवसायी, स्थानीय बासिन्दा र शुभेच्छुकहरूको ठूलो उपस्थिति थियो।

बिज्ञापन
२०८२ मंसिर २५, बिहीबार १८:५२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना