कांग्रेस सभापतिमा रोचक प्रतिस्पर्धा : गगन थापाविरुद्ध डा. चन्द्र भण्डारीको उम्मेदवारी घोषणा

२०८२ मंसिर २६, शुक्रबार ०७:२९

काठमाडौं । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशन नजिकिँदै गर्दा सभापति पदमा रोचक प्रतिस्पर्धा सुरु भएको छ। यसअघि नै सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका महामन्त्री गगन थापाविरुद्ध डा. चन्द्र भण्डारीले पनि औपचारिक रूपमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।
भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत पुस २६ देखि २८ गतेसम्म हुने महाधिवेशनका लागि आफू सभापति पदमा उम्‍मेवार बन्ने जानकारी दिएका हुन्।



लोकप्रिय र स्वच्छ छविका नेता मानिने गगन थापाले पार्टीभित्र व्यापक समर्थन बटुलेका छन्। त्यस्तै, चन्द्र भण्डारी पनि संगठनभित्र तथा सर्वसाधारणबीच लोकप्रिय छविका नेताका रूपमा स्थापित छन्।

बिज्ञापन

पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्ने तयारीमा रहेको चर्चा चलिरहेकै बेला दुवै लोकप्रिय नेताबीचको प्रतिस्पर्धाले कांग्रेस महाधिवेशनलाई झनै रोचक बनाएको विश्लेषण हुन थालेको छ।
हालसम्म थापा र भण्डारीबाहेक कुनै नेताले सभापति पदमा आधिकारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन्।

बिज्ञापन

२०८२ मंसिर २६, शुक्रबार ०७:२९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना