स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा उतारचढाव, सुन तोलामा २ हजार १०० ले घट्यो

२०८२ पुष ६, आईतवार १२:४६

काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ। गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्दै दुई लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो। तर आज सोही परिमाणको सुनको मूल्य घटेर दुई लाख ५८ हजार ३०० रुपैयाँमा झरेको छ।



नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत मङ्गलबार सुनको मूल्य दुई लाख ५९ हजार रुपैयाँ रहेको थियो भने बुधबार बढेर दुई लाख ५९ हजार ७०० रुपैयाँ पुगेको थियो। त्यसैगरी बिहीबार सुनको मूल्य पुनः वृद्धि भई दुई लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो।

बिज्ञापन

यसैगरी, चाँदीको मूल्यमा पनि उतारचढाव देखिएको छ। केही दिनअघि प्रतितोला तीन हजार ८८५ रुपैयाँ रहेको चाँदीको मूल्य बढ्दै बिहीबार चार हजार ८० रुपैयाँ पुगेको थियो। आज भने चाँदीको मूल्य थप वृद्धि भई प्रतितोला चार हजार १०५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

बिज्ञापन

अन्तर्राष्ट्रिय बजारको प्रभाव, डलरको विनिमय दर तथा माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्यमा यस्तो उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।

बिज्ञापन
२०८२ पुष ६, आईतवार १२:४६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना