काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नौ महिनापछि पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थली पुगेका छन्। उनको आगमनका अवसरमा हजारौँ नेता–कार्यकर्ता, शुभचिन्तक र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। उनलाई बाजागाजासहित रास्वपाका कार्यवाहक सभापति डीपी अर्याललगायतले भव्य स्वागत गरेका हुन्। उनी विगत लामो समयदेखि सहकारी ठगीको आरोपमा कारागारमा रहेका थिए।
तस्वीरहरू=





रास्वपा सभापति रवि लामिछाने नौ महिनापछि केन्द्रीय कार्यालय घण्टीघरमा उर्लिए विशाल जनसागर



प्रतिक्रिया दिनुहोस्