काठमाडौ | शनिबार काठमाडौमा सम्पन्न २० औ नवा शान्ति कप कराँते च्याम्पियनसिपमा सामरी कल्लाबारी डोजोका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्णसहित पाँच पदक हाँसिल गर्न सफल भएका छन् । नेपाल कराँते सितोरियो कराँते नवा शान्ति डाेजाेकाे आयाेजनामा तारकेश्वर नगरपालिका हिम रश्मि उच्च माध्यमिक विद्यालयमा सम्पन्न भएको प्रतियोगितामा देशका विभिन्न डाेजाेहरुकाे उपस्थिति रहेको थियोे ।




प्रतियोगितामा नुवाकोटकाे प्रतिभावान खेलाडीहरू आयुष तामाङ र राेशन ओलीले शानदार खेल प्रस्तुत गर्दै स्वर्ण पदक जित्न सफल भएका छन् । प्रतियोगितामा सरोज तामाङले कडा प्रतिस्पर्धाबीच रजत पदक हासिल गरे भने ओस्पिरिना तामाङले दुई फरक विधामा काता र कुमिते दुवै तर्फ उत्कृष्ट खेल देखाउँदै २ वटा रजत पदक जितेर डोजो र नुवाकोट जिल्लाको गौरव बढाएकी छिन् । खेलाडीहरूको यो सफलताले सामरी कल्लाबारी डोजो, म्यागङ–५ नुवाकोट मात्र नभई सम्पूर्ण जिल्लालाई गौरवान्वित बनाएको बताउँदै कल्लाबारी डाेजाेका प्रमुख प्रशिक्षक गणेश तामाङले खेलाडीका अभिभावक, खेलाडी तथा सबै सहयोगी शुभचिन्तक हरुलाई धन्यवाद तथा बधाई व्यक्त गरेका छन्।
नुवाकोट सामरी कल्लाबारी डाेजाेका कराँते खेलाडीहरुले काठमाडौमा २ स्वर्णसहित ५ पदक जिते



प्रतिक्रिया दिनुहोस्