रास्वपामा डा., इन्जिनियरदेखि दक्ष–विज्ञ व्यक्तिहरूको उल्लेखनीय प्रवेश

२०८२ पुष ९, बुधबार २२:०९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीमा डा., इन्जिनियर तथा विभिन्न क्षेत्रका दक्ष र विज्ञ व्यक्तिहरूको उल्लेखनीय सहभागितासहित पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

बिज्ञापन

आयोजित कार्यक्रममा रास्वपाका उपसभापति डिपी अर्यालले नवप्रवेशीहरूलाई पार्टीको ब्याज लगाएर औपचारिक रूपमा स्वागत गर्दै पार्टीमा प्रवेश गराएका हुन्। कार्यक्रममा पार्टी प्रवेश गर्नेको लर्को लागेको थियो , जसले पछिल्लो समय रास्वपाप्रति बढ्दो आकर्षणलाई बढेको छ।




कार्यक्रममा पार्टीका महामन्त्री कविन्द्र बुलाकोटी, प्रवक्ता मनिषा झा लगायतका केन्द्रीय नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। नेताहरूले देशमा वैकल्पिक र जिम्मेवार राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै दक्ष, इमानदार र पेशागत रूपमा सक्षम व्यक्तिहरूको सहभागिताले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।

बिज्ञापन

रास्वपाले नीति, सुशासन र उत्तरदायी राजनीतिलाई प्राथमिकतामा राख्दै विभिन्न पेशागत क्षेत्रका विज्ञहरूलाई पार्टीमा आबद्ध गराउँदै आएको छ। पछिल्लो प्रवेश कार्यक्रमलाई आगामी राजनीतिक यात्राका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।

बिज्ञापन
२०८२ पुष ९, बुधबार २२:०९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना