काठमाडौँ ।
चन्द्रागिरी हिल्सद्वारा अनाधिकृत तरिकाले नियम–कानुनको खिल्ली उडाउँदै स्थानीय सरोकारवाला निकाय तथा बासिन्दासँग कुनै पनि प्रकारको संवाद नगरी चन्दगिरी हिल्सले एकतर्फी रूपमा अनधिकृत संरचना निर्माण गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका चन्दगिरी नगर सभापति, सहित विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता तथा स्थानीयवासीहरूले आज चन्दगिरी हिल्स क्षेत्रमा स्थलगत निरीक्षण गरेका छन्।



निरीक्षणका क्रममा संरचना निर्माणका नाममा वन क्षेत्रमा डोजर प्रयोग गरी जंगल फडानी गरिएको पाइएको छ। उक्त कार्यका कारण चन्दगिरी नगरपालिका वडा नं. ८, वडा नं. ५, वडा नं. ४ तथा फाखेल क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित भएको उपस्थित ले बताएका छन्। जंगल मासिँदा वातावरणीय सन्तुलनमा गम्भीर असर पर्नुका साथै भविष्यमा भूक्षय, पहिरो तथा अन्य जोखिम बढ्ने चिन्ता व्यक्त गरिएको छ।
बिज्ञापन
स्थानीयवासीहरूले भने एकतर्फी रूपमा काम अघि बढाएको भन्दै तीव्र आक्रोश पोखेका थिए। साथै, यस्तो कार्यका लागि कुन निकायबाट स्वीकृति लिइएको छ या छैन,स्वीकृति प्रक्रिया कानुनी थियो कि थिएन भन्ने विषयमा स्पष्ट छानबिन हुनुपर्ने माग गरिएको छ। वन डिभिजन कार्यालयको पनि यस् विषयमा ध्यानाकर्षण होस् भन्दै प्रश्नसमेत स्थानीयहरूले उठाएका छन्।
जनताको भावना नबुझी, सरोकारवाला तथा स्थानीय पक्षलाई बेवास्ता गर्दै गरिएको यस्तो काम अस्वीकार्य छ,” उनले भने, “अब हामी यो विषय यत्तिकै छोड्दैनौं। आवश्यक परे जुन–जुन निकायमा जानुपर्छ, हामी जान्छौं।”
बिज्ञापन
स्थानीयवासी तथा सहभागीहरूले वन संरक्षणसम्बन्धी प्रचलित कानुनको पालना भए–नभएको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग समेत राखेका थिए।





प्रतिक्रिया दिनुहोस्