काठमाडौ । टिकटक मार्फत शेर्पा समुदायको मौलिक नृत्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘शेर्पा डान्सिङ ट्यालेन्ट शो २०२५–२०२६’ प्रतियोगिता ११ अक्टोबर २०२५ देखि सुरु भई विभिन्न चरण पार गर्दै १० जनवरी २०२६ मा भव्य ग्रान्ड फिनालेका साथ सम्पन्न भएको छ ।




कार्यक्रममा प्रमुख अतिथि एवम् सम्बाेधनमा तुलकु उर्गेन खम्पाचे साथै विशेष अतिथिहरुमा तेम्बा शेर्पा (अध्यक्ष, United Sherpa Association USA), आङ डोमा शेर्पा (अध्यक्ष, Himalayan Sherpa Culture Centre), पलमु शेर्पा (अध्यक्ष, Sherpa Artist Association Nepal) र आङ माया शेर्पाको उपस्थिति रहेको थियो; प्रतियोगिताका आयोजक टिममा Mr. Coffee (NYC), Mr. Om Yak (International), Mr. Dolpali Baje र Mr. Ang Nyima Sherpa रहेका थिए भने निर्णायक सदस्यहरुमा देन्दी शेर्पा, नायिका छिरिङ शेर्पा र नाङ्गा लामु शेर्पा रहेका थिए । शेर्पा सब्द्रो र शेर्पा नादिङ नृत्य विधामा आधारित प्रतियोगितामा देन्दी शेर्पा विजेता बन्दै USD 700 नगद पुरस्कार प्राप्त गरेका छन् भने कामि कान्छी शेर्पा ग्रुप प्रथम रनर–अप (USD 500), पासाङ जेल्जे शेर्पा दोस्रो रनर–अप (USD 300) र ङिमा डोमा शेर्पा तेस्रो रनर–अप (USD 100) घोषित भएका छन्।
जसले डिजिटल माध्यमबाट शेर्पा संस्कृतिलाई अन्तर्राष्ट्रिय दर्शकमाझ सफलतापूर्वक पुर्याएको आयोजकले बताएका छन् ।
शेर्पा डान्सिङ ट्यालेन्ट शाे २०२५-२०२६ भव्य सम्पन्न



प्रतिक्रिया दिनुहोस्