देशको हितका लागि स्वतन्त्र उम्मेदवारी फिर्ता, रास्वपामा अधिकारी

२०८२ माघ १, बिहीबार १०:३३

मकवानपुर–२ बाट स्वतन्त्र उम्मेदवारीका लागि तीन महिनादेखि सक्रिय चुनावी अभियान सञ्चालन गरिरहेका युवा नेता शिव प्रसाद अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
यो निर्णय रास्वपा सभापति रवि लामिछानेले न्याय प्राप्त गरेको दिन सार्वजनिक गरिएको हो।




अधिकारीले व्यक्तिगत आकांक्षाभन्दा माथि उठेर देशमा सकारात्मक परिवर्तन, सुशासन र सही राजनीतिक अभ्यासलाई बलियो बनाउने उद्देश्यले रास्वपामा प्रवेश गरेको बताएका छन्।
प्रवेश कार्यक्रममा बोल्दै अधिकारीले भने,
“मकवानपुर–२ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेर केही महिना चुनावी तयारी गरिसकेको थिएँ। तर वर्तमान राजनीतिक परिस्थिति र देशको हितलाई ध्यानमा राख्दै, मैले आफ्नो उम्मेदवारी फिर्ता लिँदै रास्वपामा प्रवेश गर्ने निर्णय गरेको हुँ। यसले देश र जनताको हितमा ठोस योगदान पुर्‍याउने विश्वास लिएको छु।”
रास्वपामा प्रवेशसँगै अधिकारीले आफ्नो अनुभव, क्षमता र ऊर्जालाई पार्टी संगठन सुदृढीकरण, क्षेत्रीय विकास र लोकतान्त्रिक मूल्य प्रवर्द्धनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस घटनाले मकवानपुर–२ को चुनावी समीकरणमा नयाँ रणनीतिक मोड ल्याएको छ भने आगामी निर्वाचनमा रास्वपाको प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

बिज्ञापन

बिज्ञापन

२०८२ माघ १, बिहीबार १०:३३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

लाहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ लागूऔषध कारोबारी पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने

नागढुङ्गा सुरुङ मार्ग सञ्चालनअघि सुरक्षा, उद्धार तयारी र स्थानीय समस्यामा ध्यान दिन सांसद प्रदीप बिष्टको आग्रह

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना