श्री पंञ्चासे मा.विका कराँते खेलाडी विवेक तामाङ सहितलाई ६ पदक

२०८२ माघ १, बिहीबार १९:०४

नुवाकोट । बेलकाेटगढी नगरपालिकाकाे दाेस्राे राष्ट्रपति रनिङ शिल्ड कराँते च्याम्पियनसिपमा श्री पंञ्चासे माध्यमिक विद्यालयका विद्यार्थी विवेक तामाङ सहितले विद्यलयलाई ६ पदक दिलाएका छन् । कराँतेका ४७ किलाे ताैल समुहमा प्रतिस्पर्धी विवेक तामाङले २-० अंकले अग्रता लिँदै रजत पदक जित्न सफल भएको हाे । नगरपालिकाकाे वडा नम्बर ४ मा अवस्थित श्री पंञ्चासे माध्यमिक विद्यालय दुई स्वर्ण, एक रजत र तीन काँस्यपदक हासिल गरेसँगै कराँते तर्फ विद्यालय द्वितीय बन्न सफलताको भएको छ ।




अाईतबार बेलकाेटगढी नगरपालिका ७ महादेवफाँटमा सम्पन्न भएको प्रतियोगितामा पंञ्चासे मा.विका विपिन तामाङले ४२ किलाे ताैल समुहमा 9/0 काे फराकिलो अन्तर राख्दै स्वर्ण पदक हासिल गरेका छन् । ५५ किलाे ताैल समुहमा पनि पंञ्चासेकी पेमा डाेल्मा तामाङले 5/3 काे अन्तरले अग्रता लिँदै स्वर्ण पदक हाँसिल गरेका छन् । बेलकाेटगढी ४ सालखर्कका विवेक तामाङलेले १-० अन्तरले अग्रता लिँदै रजत पदक हासिल गरेका हुन भने सुहन गुरुङले एकल काता तर्फ १ र कुमिते तर्फ १ गरि दुई कास्य पदक हासिल गरेका छन् । पंञ्चासे मा वि कै शान्त तामाङले रजत पदक हासिल गर्दै कराँतेबाट पंञ्चासेलाई ६ पदक दिलाउन सफल भएका छन् । कराँते प्रतियोगिताकाे अायाेजक बेलकाेटगढी नगरपालिका हाे भने कराँते प्रतियोगिता व्यवस्थापनमा नेपाल सितोरियो कराँते महादेवफाँट डाेजाे र राजेन्द्र तामाङ रहेका थिए । प्रतियोगिता निर्णायक संयाेजक कराँते बरिस्ठ प्रशिक्षक एवम् राष्ट्रिय रेफ्रि उत्तम राई रहेका थिए ।
प्रतियोगिता सञ्चालनमा नेपाल कराँते महासंघ सह सचिव (नुवाकोट) तथा कराँते राष्ट्रिय रेफ्रि करण तामाङ, राष्ट्रिय निर्णायक गाैरव बहादुर अाचार्य, गणेश तामाङ , शेखर थपलिया , सञ्जय तामाङ , अमृत तामाङ ,इरा थिङ र
मीन लामा रहेका थिए । विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शनका साथ पदक हासिल गरेकोमा विद्यालयले खुसी व्यक्त गर्दै पदक विजेता विद्यार्थीहरुलाई विद्यालयले सम्मान समेत गरेका छन् । बेलकाेटगढी नगरपालिकाकाे पर्यटन प्रवर्द्धन र विद्यार्थीकाे क्षमता अभिवृद्धिका निमित्त खेलकुद प्रतियोगिताहरु सञ्चालन अपरिहार्य रहेको पंञ्चासे माविले बताएको छ ।

बिज्ञापन

बिज्ञापन

२०८२ माघ १, बिहीबार १९:०४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना