काठमाडौं, फागुन ५ – नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ ले सार्वजनिक गरेको आजको मूल्यसूचीअनुसार छापावाल सुन र चाँदीको भाउ घटेर कारोबार भइरहेको हो।
बिज्ञापन
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ। यो भाउ हिजोको तुलनामा घटेको हो।
बिज्ञापन
त्यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र आन्तरिक माग–आपूर्तिको अवस्थाका कारण मूल्यमा परिवर्तन आएको व्यवसायीहरूको भनाइ छ।
बिज्ञापन
सुनचाँदी खरिद–बिक्री गर्दा तोकिएको मूल्यमा ‘मेकिङ चार्ज’ थपिन सक्ने भएकाले ग्राहकले पसलअनुसार फरक मूल्य तिर्नुपर्ने हुन सक्छ।
हाल बजारमा मूल्य घटेसँगै ग्राहकको चासो बढ्ने अपेक्षा व्यवसायीहरूले गरेका छन्।



प्रतिक्रिया दिनुहोस्