धादिङ । सुरेश रिजालले धादिङ क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानलाई तीव्रता दिँदै खहरे बजारमा घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्।
बिज्ञापन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रिजालले स्थानीय व्यवसायी, युवावर्ग तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका हुन्।
बिज्ञापन
उनले धादिङ–२ को समग्र विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “राजनीति भाषणमा होइन, परिणाममा देखिनुपर्छ,” भन्दै उनले क्षेत्रको समृद्धिका लागि स्पष्ट योजना र इमान्दार नेतृत्व आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रमका क्रममा रिजालले मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय तहमा देखिएका समस्या, सुझाव र गुनासाहरू सुनेका थिए। सहभागी स्थानीयले पूर्वाधार विकास, रोजगारी अवसर विस्तार र सेवा प्रवाहमा पारदर्शिताको माग गरेका थिए।
बिज्ञापन
खहरे बजारमा आयोजित उक्त कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। निर्वाचन नजिकिँदै जाँदा धादिङ क्षेत्र नं. २ मा चुनावी गतिविधि र प्रतिस्पर्धा बढ्दै गएको देखिन्छ।



प्रतिक्रिया दिनुहोस्