स्पष्ट बहुमतको अपिलसहित रास्वपाको ५ वर्षे करारपत्र सार्वजनिक

२०८२ फाल्गुन ४, सोमबार ०६:२६

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट बहुमतसहितको जनादेशका लागि देशभरका मतदातासँग अपिल गरेको छ।


आइतबार पार्टी सभापति रवि लामिछाने ले सार्वजनिक गरेको ‘५ वर्षे करार पत्र’मार्फत बहुमत प्राप्त भएमा सरकारले गर्ने कामको स्पष्ट खाका प्रस्तुत गरिएको हो। करारपत्रमा उल्लेखित पाँच बुँदा पाँच वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाउँदै, वाचा पूरा नभए आगामी निर्वाचनमा दण्ड दिनसमेत पार्टीले नागरिकलाई आग्रह गरेको छ।

बिज्ञापन

रास्वपाले भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्दै ‘महाअभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ। २०४६ सालपछिका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति र कार्यशैली छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरिने, सार्वजनिक सेवाहरूलाई पूर्णरूपमा अनलाइन प्रणालीमा रूपान्तरण गरिने तथा भ्रष्टाचार सूचकांकमा उल्लेख्य सुधार ल्याउने प्रतिबद्धता पत्रमा समेटिएको छ।

बिज्ञापन

पार्टीले सेवा प्रवाहलाई सरल, पारदर्शी र डिजिटल बनाउने लक्ष्यसमेत अघि सारेको छ। “लाइन होइन, अनलाइनमार्फत जनतालाई डिजिटल डेलिभरी दिने व्यवस्था गरिनेछ,” करारपत्रमा उल्लेख गरिएको छ।
करारपत्र यस्तो छ ।

बिज्ञापन
२०८२ फाल्गुन ४, सोमबार ०६:२६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना