काठमाडौं । चन्द्रागिरी नगरपालिका–३,४,७ मा पर्ने त्रिभुवन पार्कमा नयाँ नेतृत्व चयन भएसँगै समितिले पार्क परिसरमा छलफल कार्यक्रम गरेको हो।
बिज्ञापन
छलफलमा सहभागी स्थानीय बासिन्दाहरूले पार्कभित्र रहेका विभिन्न संरचना तथा सेवाहरूको भाडा र लिज व्यवस्थापनबारे प्रश्न उठाउँदै सार्वजनिक सम्पत्तिलाई कौडीको भाउमा लिजमा दिन नहुने बताएका थिए । उनीहरूले पार्कमा राजनीतिक हस्तक्षेप र स्रोत–साधनको दोहन हुँदै आएको आरोपसमेत लगाए।
बिज्ञापन
स्थानीयहरूले बागमती प्रदेश सरकारले पार्क व्यवस्थापनमा स्थानीयको सहभागिता सुनिश्चित गर्ने निर्णय गरेकोमा धन्यवाद व्यक्त गर्दै विगतमा पार्क संरक्षणमा जिम्मेवार निकायले पर्याप्त ध्यान नदिएको गुनासो गरे। उनीहरूले पार्कभित्र रहेका संरचनाको संरक्षण, सरसफाइ र व्यवस्थापनमा सुधार आवश्यक रहेको धारणा राखे।
![]()

छलफलका क्रममा अन्य पर्यटकीय पार्कहरूको उदाहरण दिँदै त्रिभुवन पार्कको अवस्था सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो। पार्कलाई व्यवस्थित र आकर्षक बनाउन प्रदेश सरकारले नयाँ नेतृत्व चयन गरेको उल्लेख गर्दै अब पार्कमा देखिएका बेथिति अन्त्य हुनुपर्ने स्थानीयहरू माग थियो।
त्यसैगरी, पार्कभित्र सञ्चालनमा रहेको थ्रीडी हलले पिकनिक बिडहरूको शुल्कमा पनि ५०० रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको विषयमा समेत चर्चा भएको थियो। पार्कबाट साप्ताहिक रूपमा उल्लेख्य आम्दानी हुने तर पनि कर्मचारी व्यवस्थापनमा कठिनाइ रहेको भन्दै आएको थियो अब नयाँ नेतृत्वमा यस्तो नहोस् उपस्थितहरुले भने।
बिज्ञापन
स्थानीयहरूले पार्कभित्र प्रदूषण नियन्त्रण, पारदर्शी आर्थिक व्यवस्थापन र जनउत्तरदायी प्रशासनको आवश्यकता औँल्याउँदै नयाँ समन्वय समिति गठनसँगै विगतका कमजोरी दोहोरिन नहुने बताए।
उक्त कार्यक्रम चन्द्रगोपालीको अध्यक्षतामा सम्पन्न भएको थियो।




प्रतिक्रिया दिनुहोस्