काठमाडौं । सुधन गुरुङले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्।
बिज्ञापन
उनले मेयरदेखि वडाध्यक्षसम्मका निर्वाचित जनप्रतिनिधिहरूको सम्पत्तिको स्रोत र विवरणबारे अनुसन्धान हुनुपर्ने आवश्यकता औंल्याउँदै सार्वजनिक पदमा रहेका व्यक्तिहरूको आर्थिक पारदर्शिता सुनिश्चित गर्न सम्पत्ति छानबिन अपरिहार्य रहेको बताए।
बिज्ञापन
गुरुङका अनुसार स्थानीय तहमा सुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्न जनप्रतिनिधिहरूको सम्पत्तिको नियमित अनुगमन तथा अनुसन्धान गरिनुपर्छ। उनले पदभार ग्रहण गर्दा र कार्यकाल समाप्त गर्दा जनप्रतिनिधिहरूको सम्पत्तिको अवस्था तुलना गरी अस्वाभाविक वृद्धि भए नभएको विषयमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाट भ्रष्टाचार, अनियमितता वा कुनै किसिमको व्यथिति भएको जानकारी प्राप्त भएमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न सर्वसाधारणसँग आग्रह समेत गरेका छन्। यस्ता सूचनाको आधारमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ। साथै, सूचना दिने व्यक्तिको नाम, ठेगाना तथा परिचय गोप्य राखिने भएकाले निर्धक्क भएर जानकारी दिन उनले आग्रह गरेका छन्।
बिज्ञापन
भ्रष्टाचार नियन्त्रण, सार्वजनिक स्रोतको दुरुपयोग रोकथाम तथा जनविश्वास कायम राख्न यस्ता कदम प्रभावकारी हुने उनको भनाइ छ। उनले सुशासन प्रवर्द्धनका लागि सम्बन्धित निकायले अझ सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता समेत औंल्याएका छन्।




प्रतिक्रिया दिनुहोस्