काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उत्सव अर्याल र डा. अच्युतम लामिछानेबीच प्यानलगत प्रतिस्पर्धा भइरहेको छ ।
बिज्ञापन
प्रदेश सभापति पदका लागि चार जना आकांक्षी देखिए पनि काठमाडौंका कृष्णमान श्रेष्ठ र रामेछापका हरिबहादुर खत्रीले उत्सव अर्याललाई समर्थन जनाएपछि प्रतिस्पर्धा मुख्यतः उत्सव अर्याल र डा. अच्युतम लामिछानेबीच केन्द्रित भएको हो।
बिज्ञापन
श्रेष्ठ र खत्रीको समर्थनपछि उत्सव अर्यालको पक्ष बलियो बनेको विश्लेषण गरिएको छ। अधिवेशनमा सहभागी प्रतिनिधिहरूको समर्थनको आधारमा अर्याल निर्वाचित हुने प्रबल सम्भावना रहेको बताइएको छ।
यसअघि हेटौंडामा आयोजना गर्ने तयारी गरिएको प्रदेश अधिवेशन विभिन्न कारणले स्थगित भएपछि हाल काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबार पार्टी प्यालेसमा मतदान प्रक्रिया सञ्चालन भइरहेको छ।




प्रतिक्रिया दिनुहोस्