काठमाडौं । चन्द्रागिरी नगरपालिका–८ स्थित ठाडर बाटो क्षेत्रमा बाटो मिचिएको भन्दै केही दिन अगाडि स्थानीयवासीले गुनासो गरेपछि समष्टि नेपालको टोली स्थलगत निरीक्षणका लागि पुगेका थिए।
बिज्ञापन
स्थानीयवासीहरूले उक्त क्षेत्रमा इन्जिनियर रविन्द्र रिजालले मापदण्ड विपरीत बाटो मिचेको आरोप लगाएका थिए। सोही विषयमा आज समष्टि नेपाल टिमले इन्जिनियर रिजालसँग प्रत्यक्ष कुराकानी गरेको थियो।
बिज्ञापन
कुराकानीका क्रममा रिजालले भने आफूले कुनै पनि अवस्थामा बाटो नमिचेको दाबी गर्दै नक्साअनुसार आवश्यक जग्गा छोडेर निर्माण गरिएको बताएका छन्।
![]()
“मैले बाटो मिचेको होइन। सम्बन्धित नक्सा र मापदण्डअनुसार नै बाटो छोडेको छु,” रिजालले भने, “यदि सबै सदियारले समान रूपमा बाटो विस्तार गर्नुपर्ने निर्णय गर्छ भने म पनि आवश्यक जग्गा थप छोड्न तयार छु।”
यद्यपि उक्त क्षेत्रमा बाटोको मापदण्ड कार्यान्वयनमा समानता हुनुपर्ने उनी बताउँछन् ।




प्रतिक्रिया दिनुहोस्