काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनबाट सभापतिमा चन्द्र राई निर्वाचित भएका छन्। पार्टीको प्रदेश नेतृत्वमा उपसभापतिमा हेमराज दाहाल, महामन्त्रीमा निरज कटुवाल चयन भएका छन्।
बिज्ञापन
त्यस्तै सहमहामन्त्री पदमा सुरेन्द्र कार्की र मन्जरी घिमिरे निर्वाचित भएका छन्। अधिवेशनले प्रदेश समितिका अन्य पदाधिकारी तथा सदस्यहरू समेत चयन गरेको छ। नवनिर्वाचित नेतृत्वले पार्टीलाई थप मजबुत बनाउँदै संगठन विस्तारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।
बिज्ञापन
रास्वपा कोशी प्रदेशका कार्यकर्ताहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै प्रदेशमा पार्टीको गतिविधि अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले जनताका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।
![]()





प्रतिक्रिया दिनुहोस्