डिजिटल युगमा पत्रकारिताको चुनौतीबारे महासंघको अभिमुखीकरण

२०८३ जेष्ठ ३१, आईतवार १३:०२

काठमाडौं । नेपाल पत्रकार महासंघले आज “जिम्मेवार पत्रकारिता, संवेदनशील रिपोर्टिङ र सामाजिक सञ्जालको प्रयोग” विषयक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो। पत्रकारितामा बढ्दो चुनौती, डिजिटल माध्यमको प्रभाव तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे पत्रकारहरूलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

बिज्ञापन

कार्यक्रममा सहभागी पत्रकारहरूलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण, पत्रकार आचारसंहिताको पालना, संवेदनशील विषयवस्तुको रिपोर्टिङ तथा सामाजिक सञ्जालको व्यावसायिक प्रयोगबारे जानकारी दिइएको थियो। नेपाल पत्रकार महासंघले पछिल्लो समय डिजिटल पत्रकारिताको विस्तारसँगै जिम्मेवार र मर्यादित पत्रकारिताको आवश्यकता अझ बढेको उल्लेख गरेको छ।

बिज्ञापन

महासंघका पदाधिकारी तथा प्रशिक्षकहरूले पत्रकारिताको विश्वसनीयता कायम राख्न तथ्यमा आधारित समाचार सम्प्रेषण, भ्रामक सूचना नियन्त्रण र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा विभिन्न सञ्चारमाध्यमहरुका पत्रकारहरूको सहभागिता रहेको थियो।

बिज्ञापन
२०८३ जेष्ठ ३१, आईतवार १३:०२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना