ऐतिहासिक अधिवेशनपछि रास्वपा बागमतीमा नयाँ नेतृत्व, अर्याल सभापति

२०८३ जेष्ठ ३१, आईतवार १७:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो। अधिवेशनबाट उत्सव अर्याल प्रदेश सभापतिमा निर्वाचित भएका हुन्।

बिज्ञापन

निर्वाचित नेतृत्वअनुसार उपसभापतिमा सुरेन्द्र भट्टा, महामन्त्रीमा मेनुका ठाकुरी तथा सहमहामन्त्रीमा स्वस्तिका लामिछाने र मीनप्रसाद गैरे निर्वाचित भएका हुन्।

बिज्ञापन

बागमती प्रदेशको ऐतिहासिक अधिवेशनमार्फत निर्वाचित नयाँ नेतृत्वले संगठन विस्तार, पार्टी सुदृढीकरण तथा जनतासँग प्रत्यक्ष जोडिने अभियानलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।

अधिवेशनमा प्रदेशभरबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नयाँ नेतृत्व चयनसँगै रास्वपा बागमती प्रदेशले आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास पार्टीका नेता तथा कार्यकर्ताहरूले व्यक्त गरेका छन्।

बिज्ञापन
२०८३ जेष्ठ ३१, आईतवार १७:५९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना