नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटे क्षेत्रमा सञ्चालित क्रसर उद्योगहरूले अदालतको आदेशलाई समेत बेवास्ता गर्दै अवैध रूपमा खोला दोहन गरिरहेको आरोप स्थानीयवासीले लगाएका छन्।
बिज्ञापन
स्थानीयका अनुसार हिमाल एग्रीगेट प्रालि र विशाल रोडा ढुङ्गा उद्योग प्रालिले मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गर्दै आएको भए पनि सम्बन्धित निकायले कुनै प्रभावकारी कदम चालेका छैनन्। स्थानीयले बेलकोटगढी नगरपालिकाका प्रमुख, वडा अध्यक्ष तथा सरोकारवाला निकायहरू यस विषयमा मौन बसेको आरोप समेत लगाएका छन्।
बिज्ञापन
क्रसर उद्योगहरू मापदण्डविपरीत सञ्चालन भएको भन्दै स्थानीय प्रविनकुमार राईले जिल्ला समन्वय समिति नुवाकोट, प्रहरी प्रशासन, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका लगायत १२ जनालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
![]()
उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म खोला उत्खनन, ढुङ्गा–गिट्टी बिक्री वितरण तथा क्रसर सञ्चालन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
तर अदालतको आदेशपछि पनि उत्खनन कार्य नरोकिएको स्थानीयहरूको बताएका छन्। उनीहरूले प्रहरी प्रशासनले समेत मुकदर्शक बनेर अवैध गतिविधिलाई संरक्षण गरेको आरोप लगाएका छन्।
बिज्ञापन
स्थानीयवासीहरूले अदालतको आदेश कार्यान्वयन गराउन तथा अवैध रूपमा भइरहेको नदीजन्य पदार्थको दोहन तत्काल रोक्न सम्बन्धित निकायसँग माग गरेका छन्।




प्रतिक्रिया दिनुहोस्