काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ अवस्थित अन्तर्राष्ट्रिय धार्मिक संस्था इस्कोन (ISKCON) सँग सम्बन्धित करिब ३३ रोपनी जग्गाको स्वामित्व तथा उपयोगबारे स्थानीयस्तरमा विभिन्न प्रश्न उठ्न थालेका छन्।
बिज्ञापन
स्थानीयवासीहरूले उक्त जग्गा सरकारी स्वामित्वको भएको दाबी गर्दै त्यसको कानुनी अवस्था स्पष्ट पार्न सम्बन्धित निकायसँग माग गरेका छन्। साथै संस्थाको आसपास क्षेत्रमा खोलानाला तथा सार्वजनिक स्रोतको दोहन भएको भन्दै त्यसबारे पनि छानबिन आवश्यक रहेको उनीहरूको भनाइ छ।
बिज्ञापन
स्थानीयका अनुसार प्राकृतिक स्रोतको प्रयोग, खोला किनार तथा सार्वजनिक जग्गाको उपयोग सम्बन्धी विषयमा सम्बन्धित निकायले आवश्यक अनुगमन नगरेको गुनासो बढ्दै गएको छ। उनीहरूले यस विषयमा बुढानिलकण्ठ नगरपालिका, वडा कार्यालय तथा सम्बन्धित सरकारी निकायको भूमिका र निगरानीमाथि समेत प्रश्न उठाएका छन्।
मुलुकी देवानी संहिता तथा सार्वजनिक सम्पत्तिसम्बन्धी प्रचलित कानुनअनुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापन राज्यको दायित्व भएको कानुनी जानकारहरू बताउँछन्। त्यसैले सम्बन्धित निकायले तथ्यपरक छानबिन गरी वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने माग स्थानीयस्तरबाट उठिरहेको छ ।




प्रतिक्रिया दिनुहोस्