रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनले तात्यो चितवन

२०८३ असार ७, आईतवार ०६:३२

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको गेष्टहाउस चौरमा सुरु हुँदैछ। महाधिवेशनमा देशभरका सातै प्रदेश, ७७ जिल्ला तथा ७५३ स्थानीय तहबाट प्रतिनिधि, नेता तथा कार्यकर्ताहरू चितवन पुगिसकेको पार्टीले जनाएको छ।

बिज्ञापन

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहने कार्यक्रम रहेको छ। उद्घाटन समारोहमा ठूलो जनसहभागिता हुने अपेक्षा गरिएको छ भने महाधिवेशनका कारण चितवनका अधिकांश होटल तथा आवासस्थल भरिभराउ भएका छन्।

बिज्ञापन

रास्वपाका अनुसार महाधिवेशनमा देशभरबाट हजारौँ नेता, कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहनेछ। उद्घाटन समारोहमा उल्लेख्य भीड हुने अनुमान गरिएकाले जिल्ला प्रशासन तथा सुरक्षा निकायले विशेष सुरक्षा व्यवस्था मिलाएको जनाइएको हो।

बिज्ञापन
२०८३ असार ७, आईतवार ०६:३२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना