थानकोटको कोतघरमा श्री गणेश, महालक्ष्मी र भैरव सिन्दुर जात्रा भव्यताका साथ सम्पन्न

२०८२ कार्तिक २०, बिहीबार १९:४३

काठमाडौं । ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण चन्द्रागिरी नगरपालिका–स्थित थानकोटको कोतघरमा आज नेवार समुदायले श्री गणेश, महालक्ष्मी र भैरवको सिन्दुर जात्रा भव्यताका साथ सम्पन्न गरेका छन्।

बिज्ञापन

नेवार समुदायको पुरानो परम्परागत संस्कृतिसँग सम्बन्धित यो जात्रा हरेक वर्ष धूमधामका साथ मनाइँदै आएको छ। आजको जात्रामा स्थानीय बासिन्दा, समुदायका अग्रज, भक्तजनहरु र दर्शकहरूको उल्लेख्य सहभागिता थियो।

बिज्ञापन

कार्यक्रममा परम्परागत नेवारी बाजागाजा, नाचगान, पूजाआर्चनासहित उत्सव मनाइएको थियो। जात्राले स्थानीय संस्कृति र परम्परालाई संरक्षण गर्दै चन्द्रागिरीलाई अझ आकर्षक गन्तव्यका रूपमा चिनाउने गरेको स्थानीय बासिन्दाहरूले बताएका छन्।

चन्द्रागिरी नगरपालिका, जसलाई ‘ऐतिहासिक, सांस्कृतिक र समृद्ध पर्यटकीय नगरी’का रूपमा चिनिन्छ, त्यहाँका यस्ता जात्रा र पर्वहरूले स्थानीय एकता र सांस्कृतिक सम्पदाको जगेर्नामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।
तस्वीरहरु =

बिज्ञापन
oplus_8388610
oplus_0
oplus_0
oplus_8388610
oplus_0

२०८२ कार्तिक २०, बिहीबार १९:४३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना