काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग निकट सहकार्यमा रहेका कुलमान घिसिङ अहिले नयाँ राजनीतिक दल गठनको तयारीमा छन्। तर, दल दर्ताको प्रारम्भिक चरणमै आन्तरिक विवादले उनले सुरू गरेको अभियानलाई चुनौती दिएको छ।
बिज्ञापन
सुरुवाती चरणमा कुलमान र रास्वपाबीच सहकार्य बलियो थियो। तर, कुलमानले पार्टी नेतृत्व (सभापति) मागेपछि असहमति उत्पन्न भयो। सभापतिको प्रस्ताव अस्वीकार भएपछि उनी साधारण सदस्यका रूपमा बस्ने तर पछिल्ला चुनावपछि प्रधानमन्त्री पदको अडान प्रकट गरे।
बिज्ञापन
तथापि कुलमानले “उज्यालो नेपाल” नामक नयाँ पार्टी गठनको तयारी थालेका छन्। उनका निकट सहयोगीहरूको अनुसार, दल दर्ता प्रक्रिया पूर्व सचिव अनुप कुमार उपाध्यायको नेतृत्वमा अघि बढिरहेको छ। उक्त दलमा रास्वपाबाट अलगिएकी सुमना श्रेष्ठलाई महासचिव कि,महामन्त्री बनाउने तयारी थियो भने विवेकशील,साझा समूह पनि समाहित गरिने योजना थियो।
यद्यपि पार्टीको नाम र चुनाव चिन्हमा मतभेद देखिएको छ। कुलमान ‘उज्यालो नेपाल’ नाम र ‘बिजुलीबत्ती’ चुनाव चिन्हमा अडान छन्। तर, विवेकशील साझा र सुमना श्रेष्ठको टिमले यसलाई “व्यक्तिगत छविलाई देवत्वकरण गर्ने” प्रयास भन्दै असहमति जनाएका छन्।
बिज्ञापन
यसरी कुलमानको राजनीतिक प्रवेश अझै स्पष्ट भएको छैन। दल दर्ता प्रक्रिया औपचारिक रूपमा अघि बढ्नुअघि नै नेतृत्व र प्रतीकको विवाद आएको छ।



प्रतिक्रिया दिनुहोस्