दुर्गा प्रसाईको चेतावनी: “देश गृहयुद्धतिर जान सक्छ”

२०८२ कार्तिक २६, बुधबार ०८:०८

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले हालको राजनीतिक परिस्थितिप्रतिको तीव्र असन्तोष जनाउँदै देश गृहयुद्धतिर जान सक्ने चेतावनी दिएका छन्। उनले २००७ सालदेखि आजसम्म देश विदेशी प्रभावमा चलेको आरोप लगाउँदै भने, “हाम्रो देश अरूले चलाएका हुन्, अब जे हुन्छ, हुन्छ।”

बिज्ञापन

प्रसाईका अनुसार अहिलेको जेनेरेसन (Gen Z) आर्थिक र सामाजिक रूपमा गम्भीर संकटमा छन्। उनले भने, “अहिलेकै जेनेरेसन त हस्पिटलको बेडमा छन्, पैसा तिर्न नसकेर रुवाबासी भइरहेको छ। यो सरकार भने जनताकै होइन, जेनजीको त झन् होइन।”उनले थपे

बिज्ञापन

उनको भनाइ अनुसार देशमा बढ्दो असमानता, बेरोजगारी र अन्यायका कारण सामाजिक असन्तुलन तीव्र बन्दै गएको छ र समयमै सुधार नभए गम्भीर परिणाम निम्तिन सक्ने देखिन्छ।

बिज्ञापन
२०८२ कार्तिक २६, बुधबार ०८:०८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना